फेरी चम्किए एमबाप्पे, विश्वकप खेल्नु अगाडी सबैलाई चेतावनी पठाए !

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेको दुई गोलसँगै एक असिस्टमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५–० को फराकिलो जित दर्ता गरेको हो ।

फ्रान्समा मंगलबार राति भएको खेलमा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । एकपक्षीय खेलको २३औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले गोलको खाता खोलेको थियो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।

३४औं मिनेटमा ग्रिजमनकै पासमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि फ्रान्सले खेलमा ३–० को बलियो पकड बनायो । ८२औं मिनेटमा विसाम विन यडरले पउल पोग्वाको पासमा गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८४औं मिनेटमा पाहुना टोली दक्षिण अफ्रिका १० खेलाडीमा समेटिन पुग्यो । लुकास डिग्नेमाथि फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै खुलिसो मुडोउलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेको पासमा माटियो गुइडोजीले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

प्रकाशित : बुधबार, चैत १६, २०७८०९:१८

विश्वकपमा लेवान्डोस्की पनि नछुट्ने भए !