अगुएरोले दिए पुन: फुटबल खेल्न सन्यासबाट फर्किने संकेत, क्लब बारे पनि गरे खुलासा !

सर्जियो अगुएरोले आफ्नो फुटबल करियरलाई पुनर्जीवित गर्ने आशा छोडेका छैनन् र एक क्लबले उनलाई सम्भावित फिर्ताको लागि सम्पर्क गरिसकेको खुलासा गरेका छन्।

अगुएरो हृदयघातका कारण ३३ वर्षको उमेरमा गत डिसेम्बरमा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गर्न बाध्य भएका थिए। गत समरमा फ्री ट्रान्सफरमा बार्सिलोना गएका म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकरले अक्टोबरमा अलाभेस विरुद्धको खेलमा छातीमा समस्या र सास फेर्न गाह्रो भएको अनुभव गरेका थिए। जसपछि अगुएरोलाई मुटुको परीक्षणका लागि अस्पताल लगिएको थियो र उनको मुटुको धड्कन अनियमित भएको पत्ता लागेको थियो।

मैदान बाहिर तीन महिनाको अवधि पछि अगुएरोले अन्ततः नोउ क्याम्पमा भावनात्मक पत्रकार सम्मेलनमा फुटबलबाट सन्यासको घोषणा गरेका थिए। यद्यपि, छ महिना भन्दा कम समय पछि नै अगुएरोले फुटबल जगतमा फर्कने लक्ष्यमा छन्। TYC स्पोर्ट्ससँग कुरा गर्दै उनले भने: “हिजो, म फेरी खेल्न सक्छु भन्ने कुरा मेरो दिमागमा आयो। इन्टर मियामीले मलाई बोलायो तर मैले अस्वीकार गरे। दुई वर्षमा? हेरौं। डाक्टरहरूले मलाई पाँच वा छ महिना बिना गतिविधि बिताउनु पर्ने बताएका थिए, तर म फेरी प्रशिक्षण गर्न चाहन्छु!”

एमएलएस क्लब इन्टर मियामी आंशिक रूपमा डेभिड बेकहमको स्वामित्वमा रहेको छ र मायामी क्लब गत केही महिनाहरूमा धेरै ठूला नामहरूसँग जोडिएको छ। मुन्डो डिपोर्टिभोका अनुसार बेकह्याम आगामी दुई वर्षभित्र लियोनल मेस्सीलाई क्लबमा ल्याउन इच्छुक छन्। त्यस्तै, पूर्व म्यानचेस्टर युनाइटेड स्टार आफ्नो क्लबमा मेस्सीका पूर्व टिममेट जोर्डी अल्बा, सर्जियो बुस्केट्स र लुइस सुवारेजलाई पुनः मिलन गराउने सोचमा रहेको बुझिएको छ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१६:०६

विश्वकप छनोटमा पेनाल्टी मिस गरेपछि सलाहले दिए सन्यास लिने संकेत [भिडियो सहित]