वर्षमान पुनको ठोकुवा – ‘एमाले भन्दा हामी अगाडी हुन्छौं, सिधै २ सय पालिका जित्छौं’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जामन्त्री वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा माओवादीले राम्रो सफलता हाँसिल गर्ने बताएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पुनले स्थानीय तहको निर्वाचनमा माओवादीले २०० पालिका प्रमुख जित्ने दावी गरेका हुन्।

काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा २ सय पालिका प्रमुख जित्दै वामपन्थी दलहरुमध्येको पहिलो दल बन्ने बताए।

नेता पुनका अनुसार स्थानीय तहको निर्वाचन पछि माओवादी अवस्था पहिला भन्दा धेरै राम्रो छ। जसकारण माओवादी सबै भन्दा सफल वाम पार्टी हुनेछ। गठबन्धन हुँदा एमालेको अवस्था नाजुक हुने बताउन पनि नेता पुनले छुटाएनन्। उनले एमालेकै अध्यन रिपोर्टले गठबन्धन हुँदा एमालेले १६० पालिका मात्र जित्ने देखाएको उल्लेख गरे।

“गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ। एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं”,नेता पुनले भने।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१४:३७

म्यादी प्रहरीमा लगाइदिन्छु भन्दै ठगेपछि …