सर्जियो अग्युरोले पीएसजीमा लियोनेल मेस्सीको संघर्ष र अर्जेन्टिना राष्ट्रिय टोलीमा उनको सफलताको कारणहरूको बारेमा अन्तर्दृष्टि दिएका छन्।
अगुएरोले हालैका हप्ताहरूमा पीएसजी फ्यानहरूको आलोचनाका कारण मेस्सीलाई नराम्रो महसुस भएको ठान्छन्, तर अर्जेन्टिनाका समर्थकको पूरा समर्थनले आफ्नो देशको लागि मेस्सीको पूर्ण खेल देखाउन सकेको बताएका छन्। गत समरमा बार्सिलोनासँगको सम्झौताको सकिएपछि लियोनल मेस्सी नि:शुल्क ट्रान्सफरमा पीएसजी प्रस्थान गरेका थिए। उनले फ्रान्सको राजधानीमा जीवनको कठिन सुरुवात सहेका छन्।
बोर्डोलाई ३-० ले हराउँदा फ्रान्सेली क्लबका फ्यानहरूले फरवार्डको खुब आलोचना गरेका थिए। यो घटना च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडसँग पीएसजीको ३-१ ले हारमा निराशाजनक प्रदर्शन गरेपछि आएको हो। लियोनल मेस्सीको लस ब्लान्कोस विरुद्ध दुबै लेगमा निकै फितलो प्रदर्शनका कारण पीएसजी समर्थक अर्जेन्टिनी कप्तानसँग रिसाएका थिए।
यस्तोमा, ३४ वर्षीय अगुएरोले ‘अर्जेन्टिनामा खुसी भएकै कारणले मेस्सी आफ्नो देशका लागि प्रदर्शन गर्न सक्षम भएको विश्वास जताए। “एउटा खेलाडीका लागि, जब तपाईंका आफ्नै फ्यानहरूले तपाईंलाई सिट्टी बजाउँछन्, यसले तपाईंलाई नराम्रो महसुस गराउँछ। जनताको समर्थन निकै महत्वपूर्ण हुन्छ। लियोसँग अनुभव छ, फुटबल त्यस्तै छ। उनले केही समय अघि अर्जेन्टिनामा पनि यस्तो घटना अनुभव गरिसकेको छ। तर आज उनलाई थाहा छ कि हामी उनीसँग छौं र अर्जेन्टिनाका जनताले उनलाई माया गर्छन्,” सर्जियो अगुएरोले टीएनटी स्पोर्ट्सलाई भने।
पूर्व म्यानचेस्टर सिटी फरवार्डले थपे: “पेरिसमा उनले मानसिक रूपमा आफ्नो उत्कृष्ट दिन जारी राख्नु पर्छ, जनता कुनै पनि समयमा परिवर्तन हुन सक्छ। एक दिन म मैदानमा जान्छु र म पेरिसलाई सिट्टी दिनेछु ताकि तिनीहरूले सिट्टी बजाउन बन्द गरुन्, हेह।”