‘साम-दाम दण्ड भेद’ जे गरेर पनि सलाह बार्सिलोना आउने !

स्पेनिस आउटलेट स्पोर्टका अनुसार लिभरपुल फरवार्ड मोहम्मद सलाहले व्यक्तिगत रूपमा यस गर्मीमा बार्सिलोनामा स्थानान्तरणको लागि जोड दिनेछन्।

२०१७ मा इटालियन क्लब रोमाबाट प्रिमियर लिग क्लब आएका इजिप्टियन स्टारको लिभरपुलसँगको सम्झौता २०२३ को समरमा सकिँदैछ। उनले उच्च पारिश्रमिकको साथ नयाँ सम्झौताको लागि क्लबसँग वार्ता गरिरहेका छन्, तर लिभरपुलले हालसम्म सालाहको मागलाई पूरा गर्ने संकेत देखाएको छैन (गार्जियनका अनुसार)।

यसले क्लबमा सलाहको भविष्य खतरामा परेको देखिन थालेको छ। यस्तोमा, बार्सिलोनाले लिभरपुल र सलाह बीचको यो परिस्थितिको फाइदा उठाउँदै स्टार फरवार्डलाई अनुबन्ध गर्न चासो देखाएको छ।

माथि उल्लेखित खेलकुद रिपोर्ट अनुसार, बार्सिलोनालाई सालाहको पक्षबाट यस गर्मीमा क्याटालान क्लबसँग अनुबन्ध हुन ‘आफ्नो तर्फबाट सबै गर्ने’ बताइएको छ। यद्यपि, सोही रिपोर्टले यो पनि दाबी गरेको छ कि लिभरपुलले बार्सिलोनालाई आफ्नो स्टार खेलाडी बेच्ने कुनै प्रकारको वार्तामा नबस्ने ‘धम्की’ दिएको छ।

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१७:२८

पाइलामा पाइला मिलाउँदै लिभरपुल र सिटी, निकै रोमान्चक बन्दै उपाधि होड !