सार्वजनिक भयो कतार विश्वकप २०२२ को आधिकारिक गीत, हेर्नुहोस् [भिडियो सहित]

फिफाले कतारमा हुने विश्वकपका लागि आफ्नो आधिकारिक साउन्डट्र्याकको पहिलो गीत सार्वजनिक गरेको छ। ‘हय्या हय्या (बेटर टुगेदर)’ नामको उक्त ट्र्याकमा कतारी गायिका आइशा र अमेरिकी कलाकार ट्रिनिडाड कार्डोना र डेभिडोलाई देखाइएको छ।

यो विश्वकपका लागि तयार पारिएको बहु-गीत साउन्डट्र्याकबाट पहिलो रिलीज हो, जुन नोभेम्बरमा सुरु हुनेछ। शुक्रबार दोहामा हुने विश्वकप ड्रमा ट्र्याक पहिलो पटक प्रत्यक्ष प्रशारण हुने भएको छ।

फिफाले शुक्रबार जारी गरेको आधिकारिक विज्ञप्तिमा गीतले “यस वर्षको अन्त्यमा विश्वलाई उज्यालो बनाउने फुटबल महोत्सवको उत्साहको प्रतीक हो” भनेको छ। कतारी निवासी आइशाले थपे: “यस्ता रोमाञ्चक घडीहरूमा उपस्थित हुन पाउँदा म धन्य र सम्मानित छु, जहाँ मैले मेरो देश, कतारको लागि यो ठूलो कोसेढुङ्गाको साक्षी र हिस्सा हुन पाएको छु।”

“यो गीत निर्माणको यात्रामा खुशी हामीसँग रहेकोले गीतको एकता र आनन्दको सन्देश गुन्जियो। फिफा विश्वकपको फाइनल ड्रमा प्रस्तुति दिने र यस्तो महत्त्वपूर्ण गीतको हिस्सा बन्ने सपना साकार भएको छ।”

गीतलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ।

“यो मन पर्यो .. उत्साह .. यो वर्षको विश्वकपको पर्खाईमा !!,” एक फ्यानले युट्युबमा लेखे।

“वेभिन फ्ल्याग र वाका वाका सधैंको लागि उत्कृष्ट फिफा वर्ल्ड कप गीत हुनेछ।,” ट्वीटरमा एकले प्रतिक्रिया दिए।

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१७:०१

यी ११ खेलाडीका लागि अन्तिम विश्वकप हुनसक्छ २०२२ विश्वकप: मेस्सी-रोनाल्डो !