ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा !

काठमाडौँ – ग्रीन भेन्चर्स कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (चैत्र २० गते, आइतबार) सम्पन्न भएको छ। कम्पनीले चैत्र ८ गते देखि ११ सम्मका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

अन्तिम दिनसम्ममा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका माग भएको थियो। बाँडफाँड पश्चात २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका छन्। अन्यको हात भने खाली रह्यो।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक  लक्ष्मी क्यापिटल लिमिटेडकाे वेबसाइट , कम्पनीको वेबसाइट र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : आइतबार, चैत २०, २०७८११:२५

हप्ताको पहिलो दिन नै ओरालो लाग्यो सुनको भाउ, कति पुग्यो ?