हप्ताको पहिलो दिन नै ओरालो लाग्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौँ- नेपाली बजारमा हप्ताको पहिलो दिन नै सुनको भाउमा ओरालो लागेको छ। हप्ताको अन्तिम दिन गत शुक्रबार बिहिबारको तुलनामा ८ सयले बढेको सुनको भाउ आज भने ओरालो लागको हो। आइतबार नेपाली बजारमा सुनको भाउमा प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको हो।

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९९ हजार ३०० पुगेको छ । छापवाला सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० मा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० रहेको छ । उक्त सुन शुक्रबार प्रतितोला रु ९९ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित : आइतबार, चैत २०, २०७८११:३६

निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज ३५ दिन यता कै सस्तो भयो !