रोनाल्डो बिनाको युनाइटेड चिप्लियो, शिर्ष चारमा पुग्ने सम्भावना न्युन !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो ।

स्टाफफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीलाई लज्जास्पद हार चखाउन भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो रुडिगरको गोल सान्त्वना बन्यो । खेलको सबै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको १३ मिनेटको अन्तरमा चार गोल सम्भव हुदा ब्रेन्टफर्डले खेलमा ३–१ को अग्रता बनाएको थिया । ४८औं मिनेटमा एनगोलो कान्टेको पासमा एन्टेनियो रुडिगरको गोलमा घरेलु टोली चेल्सीले अग्रता बनाएको थियो ।

त्यसपछि १० मिनेटको अन्तरमा ब्रेन्टफर्डले ३ गोल गर्दै खेलमा पकड बनायो । ५०औं मिनेटमा भिटाली जानेल्टले ब्रायनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफर्डलाई २–१ को अग्रता दिलाए । उनले ब्रायनको पासमा गाल गर्न सफल भएका थिए ।

६०औं मिनेटमा भिटाली जानेल्टले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि चेल्सी खेलमा ३–१ ले पछि पर्यो । उनले इभान टोनीको पासमा गोल गरे । ८७औं मिनेटमा परिवर्तित खेलाडी योएनीले गोल गर्दै ब्रेन्टफर्डको सानदार जित पक्का गरे । योएनी ८५औं मिनेटमा ब्रायनको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै ब्रेन्टफर्ड ३१ खेलबाट ३३ अंक जोडेर १४औं स्थानमा रहेको छ । पराजित चेल्सी २९ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

लिगकै अर्काे खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेको छ । लेस्टरका लागि केलिची इहानेचोले गोल गर्दा म्यानचेस्टरका फ्रेडले बराबरी गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको ६३औं मिनेटमा केलिचीको गोलबाट लेस्टरले सिटीले अग्रता लियो । ६६औं मिनेटमा फ्रेडले बराबरी गोल फर्काए । यो बराबरीसँगै म्यानचेस्टर युनाइटेड ३० खेलबाट ५१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लेस्टर सिटी ३७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, चैत २०, २०७८१२:१३

पूर्व पोल्याण्ड प्रशिक्षक भन्छन्-“मेस्सीसँग डर छैन, अर्जेन्टिनाबाट खेल्ने त पाउने होकि हैन”