एम्बाप्पे चम्किएपछि पिएसजीको जित, मेस्सी र नेयमारले पनि गोल गरे !

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।

पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीले खेलको १२औं मिनेटमा नेयमारको गोलबाट अग्रता बनाएको थियो । उनले एमबाप्पेको पासमा गोल गर्न सफल भए । २८औं मिनेटमा एमबाप्पेले इड्रिुा गाना गुआईको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एमबाप्पेले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

७३औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक पुगेको छ । पिएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ ।

प्रकाशित : सोमबार, चैत २१, २०७८०७:४७

बार्सिलोनासँग सेभियाको केहि लागेन, दोस्रो स्थान खोसियो !