बार्सिलोनासँग सेभियाको केहि लागेन, दोस्रो स्थान खोसियो !

एजेन्सी – सेभियामाथि साँघुरो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले घरेलु मैदानमा १–० को जित निकालेको हो ।

घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाको महत्वपूणए जितमा दोस्रो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले ७२औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा बल पोसेसनमा पकड राख्दै पाहुना टोलीलाई दवावमा राखेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७२औं मिनेटमा पेड्रीले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए ।

यो जितसँगै बार्सिलोना २९ खेलबाट ५७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ५७ अंक रहेपनि बार्सिलोनाले एट्लेटिको म्याड्रिड र सेभियालाई गोल अन्तरमा पछि पारेको हो । बार्सिलोना अझै शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले पछि छ । रियलको ६९ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

प्रकाशित : सोमबार, चैत २१, २०७८०७:५१

युभेन्ट्स इन्टर मिलानसँग पराजित !