ज्योतिष शास्त्रका अनुसार कुल १२ राशि हुन्छन्। प्रत्येक राशि चिन्ह कुनै न कुनै ग्रहबाट प्रभावित हुन्छ। मंगल मेष र वृश्चिक राशिको स्वामी हो भने शनि मकर र कुम्भ राशिको स्वामी हो, त्यसैगरी वृष र तुला राशिको स्वामी शुक्र ग्रह हो। हरेक ग्रहको आफ्नै विशेषता हुन्छ। आज हामी यस्ता ४ राशिका व्यक्तिहरुको बारेमा बताउन गइरहेका छौँ, जसमा माता लक्ष्मीको विशेष कृपा हुन्छ। यी व्यक्तिहरू सानै उमेरमा धनी हुन्छन्।
वृष राशि

यस राशिका मानिसहरुप्रति माता लक्ष्मी सधैं दयालु हुन्छिन्। जीवनमा सबै सुख प्राप्त हुन्छ। शुक्र ग्रहको कृपाले यी व्यक्तिहरू कडा परिश्रम गर्छन् र सानै उमेरमा धनी बन्छन्। उनीहरुको आर्थिक अवस्था बलियो हुन्छ। यस राशिका मानिसले हात हाल्ने काममा सफलता पाउँछन्।
कर्कट राशि

यस राशिका मानिसहरु मेहनती र बुद्धिमान हुन्छन्। यस राशिका मानिस चन्द्रमा देवताको प्रभावमा छन्। उनीहरू जीवनमा आर्थिक संकटको सामना विरलै गर्छन्। यी मानिसहरू जिद्दी र जुनूनी हुन्छन्। एकचोटि जुन कार्य गर्ने निर्णय गर्छन् त्यस काममा सफलता प्राप्त गरेर मात्र राहतको सास फेर्छन्। छिट्टै हार मान्दैनन्। कम उमेरमै सफलता पाउँछन्।
सिंह राशि

यस राशिका मानिसमा माता लक्ष्मीको विशेष कृपा हुन्छ। यिनीहरू यति मेहनती हुन्छन् कि कुनै पनि काममा सफलता हासिल गर्न सक्छन्। समाजमा उनीहरुको छुट्टै पहिचान हुन्छ। यी व्यक्तिहरु आफ्नो स्वभावले जो कोहीको मन जित्न सक्छन्। सफलताले यस राशिका मानिसको सानै उमेरमा खुट्टा चुम्ने गर्छ। आफ्नै कर्मले खुब धन कमाउँन सफल हुन्छन्।
वृश्चिक राशि

यस राशिका मानिसहरुको आर्थिक अवस्था बलियो रहन्छ। उनीहरु निकै मेहनती र बुद्धिमान हुन्छन्। हरेक काममा भाग्यको साथ मिल्छ। यस राशिका मानिसले आफूले हात हालेको हरेक काममा सफलता प्राप्त गर्छन्। माता लक्ष्मी सधैं यी मानिसप्रति दयालु हुन्छिन्।

