पहिलो पटक एकै खेलमा मेस्सी-नेयमार-एम्बाप्पेको गोल, हेर्नुहोस् भिडियोमा !

एजेन्सी – सिजनको शुरुवातमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुग्दा धेरैको एकै भनाई थियो – अब पिएसजीलाई कसैले रोक्न सक्दैन। मेस्सी जस्तो खेलाडी किलियन एम्बाप्पे र नेयमार भएको टोलीमा गएसँगै त्यस्तो भनिनु स्वाभाविक पनि थियो।

तर सिजन अगाडी बढ्दै गर्दा धेरैको अनुमान गलत सावित हुँदै गयो। मेस्सी, नेयमार र एम्बाप्पेको ट्रियोले अपेक्षा अनुसार प्रदर्शन नै गर्न सक्न। तीन खेलाडी बीच तालमेल मिल्न नै समय लाग्यो।

मेस्सी, नेयमार र एम्बाप्पे तीनै खेलाडी भएको खेलमा पिएसजीले त्यति राम्रो गर्न नै सकेन। यी तीन खेलाडी बीच भनेको जस्तो तालमेल नमिल्दा पिएसजी च्याम्पियन्स लिगबाट समेत बाहिरियो।

सिजनभर एकसाथ चलन नसकेको मेस्सी, नेयमार र एम्बाप्पेको ट्रियो आइतबार भने चम्कियो। आइतबार राति पिएसजीका ती तीनै खेलाडीले गोल गरे। पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५-१ को गोल अन्तरले पराजित गर्दा तीनै खेलाडीले गोल गरेका हुन्।

त्यसक्रममा एम्बाप्पेले असिस्टमा ह्याट्रिक नै गरे। आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे गरे। पिएसजीका लागि सबै भन्दा पहिला नेयमारले गोल गरेका थिए। खेलको १२ औं मिनेटमा उनले एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए।

२८औं मिनेटमा एमबाप्पेले इड्रिुा गाना गुआईको पासमा गोल गरेका थिए। ६७औं मिनेटमा एमबाप्पेले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो गोल गरे। ७३औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गरे। ९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरे। पिएसजीका तीन खेलाडीले गोल गर्दा लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए। मोफीले ५६औं मिनेटमा गोल गरेका थिए।

प्रकाशित : सोमबार, चैत २१, २०७८१३:३२

उपाधि दौड रोमान्चक हुँदै गर्दा यस्ता छन् लिभरपुल र सिटी दुबैका बाँकी खेल, कसले बाजी मार्ला ?