हरेक मानिस सुतेको बेला सपनाको दुनियाँमा हराउँछ। कहिले हाम्रो जीवनसँग सम्बन्धित मान्छेको सपना, कहिले विभिन्न ठाउँको, कहिले डरलाग्दो र कहिले अनौठो। सपनाको दुनियाँ बुझ्न धेरै अनौठो छ। तर सपना शास्त्रमा तपाईंको हरेक सपनाको कुनै न कुनै अर्थ बताईएको छ। जुन तपाईंको वास्तविक जीवनसँग पनि सम्बन्धित छ। आउनुहोस् जानौं सपनामा महिलालाई विभिन्न रूपमा देख्नुको संकेत के हो ?
महिलासँग कुरा गर्नु
सपना शास्त्रका अनुसार यदि कुनै व्यक्तिले सपनामा कुनै महिलासँग कुरा गर्छ भने यसको अर्थ समाजमा तपाईंको इज्जत बढ्ने छ।
सुन्दर युवती वा परी देख्नु
सपनामा सुन्दर केटी वा परी देखिनु पनि शुभ संकेत मानिन्छ। सपना शास्त्रका अनुसार कुनै व्यक्तिले यस्तो सपना देखेमा घरको झगडामा मेलमिलाप हुनुका साथै सुख शान्तिमा वृद्धि हुने गर्दछ। यस बाहेक यो सपनाले तपाईंको आर्थिक स्थितिमा सुधार हुने संकेत गर्दछ।
सपनामा वृद्ध महिला देख्नु
सपना शास्त्रका अनुसार यदि तपाईंले सपनामा कुनै वृद्धा देख्नुभयो भने बुझ्नुहोस् कि तपाईंको भाग्य खुल्न लागेको छ। किनभने यो सपनाको अर्थ धन प्राप्तिसँगै तपाईंको सामाजिक प्रतिष्ठा पनि बढ्ने छ। त्यसैले यो तपाईंका लागि खुशीको कुरा हो।
गहना लगाएकी महिलाको सपना देख्नु
यदि कसैको निन्द्रामा यस्तो सपना आयो जसमा उसले सुन्दर गहनाले ढाकेकी एउटी महिला देख्छ भने, सपना शास्त्र अनुसार यो सपनाको अर्थ लामो समयदेखि रोकिएका अधूरा कामहरू पूरा हुन लागेको हो। त्यसैले सही योजनाको साथ अगाडि बढ्नुहोस्। काममा अपेक्षित सफलता हात पार्न सकिनेछ।