एकाएक बदलियो एम्बाप्पेको मन !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगबाट बाहिरिएपछि एउटै कुरामा सबैको ध्यान छ – युवा स्टार किलियन एम्बाप्पेले अब के गर्छन् ? एम्बाप्पेको भविष्यमा सबैको चासो छ।

पिएसजीका लागि यस सिजनको च्याम्पियन्स लिग सकिसकेको छ। रियल म्याड्रिडको घरेलु मैदानमा बेहोरेको ३-१ को हार पिएसजीका लागि एम्बाप्पे गुमाउने कारण बन्न सक्ने धेरैले अनुमान गरिरहेका छन्।

यहि सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका एम्बाप्पेले रियल म्याड्रिड जाने धेरै सम्भावना देखिरहेको भएपनि फ्रेन्च मिडियाहरु भने एम्बाप्पेले पिएसजीमा सम्झौता थप गर्ने सम्भावना देखापरेको दावी गरिरहेका छन्।

विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार एम्बाप्पेले पिएसजीमा दिर्घकालिन भन्दा पनि छोटो अवधिका लागि सम्झौता थप गर्न सक्छन्। एम्बाप्पेले केहि समयका लागि सम्झौता थप गर्न सक्ने आधार तय भइरहेको फ्रेन्च मिडियाहरुको दावी छ।

फ्रेन्च मिडिया ले १० स्पोर्टका अनुसार एम्बाप्पे पछिल्लो समय पिएसजीमा रहने कुरामा छलफल गर्न तयार देखिएका छन्। पिएसजीले दिर्घकालिन सम्झौताको प्रस्ताव गरेपछि निराश भएका एम्बाप्पेले छोटो अवधिका लागि सम्झौता थप गर्न सकारात्मक देखिएको ले १० स्पोर्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। एम्बाप्पे एक अथवा दुई सिजनका लागि मात्र सम्झौता थप गर्ने पक्षमा देखिएको ले १० स्पोर्ट बताउँछ।

एम्बाप्पे सन् २०१७ मा पिएसजी आएका थिए। पिएसजीले एम्बाप्पेका लागि १ सय ८० मिलियन युरो खर्च गरेको थियो। पिएसजी आएयता उनले क्लबका लागि कुल २ सय भन्दा बढी खेल खेलेका छन्। एम्बाप्पे पिएसजीका दोस्रो सर्वाधिक गोल कर्ता हुन्।

प्रकाशित : सोमबार, चैत २१, २०७८१८:०१

जर्मन लेजेण्ड भन्छन् – ‘मेस्सी जस्तो खेलाडी माथि पिएसजीमा भइरहेको व्यवहार देख्दा भक्कानो छुट्छ’