एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजीको मास्टरप्लान, कप्तान बनाउने योजना !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन(पिएसज) किलियन एमबाप्पेको सम्झौता नवीकरण गर्न कटिबद्ध छ। एम्बाप्पेलाई क्लबमा रहन राजी गराउन पिएसजी जुन हद सम्म पनि जान तयार छ। क्लबमै रहन तयार भएको अवस्थामा एम्बाप्पेलाई विश्वकै सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडी बनाउन पिएसजी तयार भएको खबर यस अगाडी नै आइसकेको छ।

हालसालै सार्वजनिक खबरका अनुसार पिएसजी एम्बाप्पेलाई क्लबको कप्तान बनाउन पनि तयार छ। पिएसजी एम्बाप्पेलाई क्लबको कप्तान बनाउन तयार रहेको फ्रेन्च मिडियाहरु बताउँछन्। पिएसजीका उच्च अधिकारीहरु एम्बाप्पेलाई क्लबमै बस्न राजी गराउन कप्तान पदको प्रस्ताव गर्न चाहने फ्रेन्च मिडिया ले इक्विपको दावी छ।

हाल पिएसजीको कप्तान मार्किन्होस छन्। सन् २०२० देखि उनी नै क्लबको कप्तान छन्। तर च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्ध कम्जोर प्रदर्शन गरेपनि उनको कप्तान पद धरापमा अपरेको बताइन्छ। एम्बाप्पे तयार भएको खण्डमा मार्किन्होसलाई कप्तानबाट हटाउन पिएसजी नहिच्किचाउने ले इक्विपले जनाएको छ। एम्बाप्पे पेरिस स्थायी वासिन्दा हुन्। यस्तोमा एमबाप्पे कप्तान बन्नका लागि उत्कृष्ट उम्मेद्वार हुन सक्छन्।

पिएसजीले एम्बाप्पेलाई क्लबमा अड्याउन निरन्तर प्रयास गरिरहेपनि उनको भविश्व उनकै हातमा छ। पिएसजीमा उनको सम्झौता यहि सिजनको अन्त्य सम्मका लागि मात्रै छ। सम्झौता सकिन केहि महिना मात्र बाँकी रहेको अवस्थामा उनले सम्झौता थप नगर्नुलाई उनले क्लब छाड्ने संकेतको रुपमा हेरिँदै आएको छ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१८:०५

सलाहको चुरीफुरी सकिसकेको दावी, भन्छन् – ‘सलाह भन्दा स्टर्लिङ धेरै राम्रो खेल्दैछन्’