च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै ! कुन खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आज राति दुई खेल हुँदैछन्। आज राति च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तर्गतका पहिलो लेगका दुई खेल हुन लागेका हुन्।

क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकाले घरेलु मैदानमा इग्लिंस क्लब लिभरपुलको आथित्यता गर्दा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफ्नो घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको सामना गर्नेछ। दुवै खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

बेन्फिका च्याम्पियन्स लिगको अन्तिम १६ मा डच क्लब आयक्सलाई पराजित गरेर क्वाटरफाइनलमा आइपुगेको हो। बेन्फिकाले आयक्ससँग पहिलो लेगमा २-२ को बराबरी खेलेको थियो भने दोस्रो लेगमा १-० को गोल अन्तरले विजयी भएको थियो। समग्रमा ३-२ को जित निकाल्दै बेन्फिकाले क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।

त्यस्तै लिभरपुलले भने अन्तिम १६ मा इटालियन क्लब इन्टर मिलानलाई समग्रमा २-१ को गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा इन्टरलाई २-० ले पराजित गरेपनि दोस्रो लेगमा १-० को गोल अन्तरले पराजित भएको थियो। बेन्फिका र लिभरपुल बीच हुने खेल भारतीय च्यानल सोनी टेन वानमा हेर्न सकिनेछ।

सिटी भर्सेस एट्लेटिको

सिटीलले अन्तिम १६ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपिलाई समग्रमा ५-० को गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा सिपिलाई ५-० को गोल अन्तरले पराजित गर्दा दोस्रो लेगमा सिटी बराबरीमा रोकिएको थियो।

त्यस्तै एट्लेटिको भने म्यानचेस्टर युनाइटेडलाई पन्छाएर क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेगमा एट्लेटिको १-० ले विजयी हुँदा दोस्रो लेगमा १-१ को बराबरी खेलेको थियो। सिटी र एट्लेटिको बीचको खेल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८००:२९

आर्सनलको लज्जास्पद हार, शिर्ष चार उक्लिने मौका गुम्यो !