अर्को म्यानचेस्टरलाई पछार्ने एट्लेटिकोको योजना सफल होला ?

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्दैछ। सिटीकोको घरेलु मैदानमा एट्लेटिको र सिटी आज राति आमने-सामने हुन लागेका हुन्।

म्यानचेस्टरकै अर्को क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको एट्लेटिको जित निकाल्दै दोस्रो लेगका लागि सहज बाटो बनाउने दाउमा हुँदा सिटी पनि रवाफिलो प्रदर्शन गर्ने प्रयासमा हुनेछ।

जारी सिजनमा एट्लेटिकोले घरेलु लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेपनि च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरिरहेको छ। एट्लेटिको अहिले लालिगाको तेस्रो स्थानमा छ। तर यता सिटी भने प्रिमियर लिगको शिर्ष स्थानमा छ। सिटीले जारी सिजनमा कमै मात्र खेल हारेको छ। सिटीले प्रिमियर लिगमा तीन खेल हार्दा च्याम्पियन्स लिगमा एक खेल मात्र हारेको छ।

सिटीलले अन्तिम १६ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपिलाई समग्रमा ५-० को गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा सिपिलाई ५-० को गोल अन्तरले पराजित गर्दा दोस्रो लेगमा सिटी बराबरीमा रोकिएको थियो। त्यस्तै एट्लेटिको भने म्यानचेस्टर युनाइटेडलाई पन्छाएर क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेगमा एट्लेटिको १-० ले विजयी हुँदा दोस्रो लेगमा १-१ को बराबरी खेलेको थियो।

यस अगाडी एट्लेटिको र सिटी अफिसियल खेलमा कहिल्यै पनि आमने-सामने भएका छैनन्। आज राति यी दुई क्लब च्याम्पियन्स लिगमा पहिलो पटक भिड्नेछन्। दुवै टोली पहिलो खेलमै जित दर्ता गर्ने योजना सहित मैदानमा उत्रनेछन्। त्यसक्रममा सिटी घरेलु मैदानको भरपुर फाइदा उठाउने पक्षमा हुनेछ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८०८:४०

रोनाल्डोलाई धेरै मन पर्ने रहेछ ऐना, पिकेले गरे खुलासा !