रोनाल्डोलाई धेरै मन पर्ने रहेछ ऐना, पिकेले गरे खुलासा !

एजेन्सी – बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिके लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैसँग खेल्न पाएका खेलाडीहरुको सूचीमा पर्छन्। बार्सिलोनामा लामो समय लियोनेल मेस्सीसँग खेलेका उनले म्यानचेस्टर युनाइटेडमा हुने रोनाल्डोसँग खेलेका थिए।

युनाइटेडमा सँगै खेलेका कारण पिके र रोनाल्डो धेरै मिल्ने साथी पनि हुन्। स्पेनिस लालिगामा एक अर्कालाई टक्कर दिएको इतिहाँस भएपनि दुवै एकअर्काको प्रशंसा गर्दै देखिन्छन्। रोनाल्डो रियल म्याड्रिडमा हुँदा यी दुई बीच कडा टक्कर हुने गरेको थियो।

पिकेका अनुसार उनको रोनाल्डोसँग धेरै राम्रो सम्बन्ध छ। हालसालै एक अन्तर्वार्ताका क्रममा पिकेले रोनाल्डोसँग आफ्नो राम्रो सम्बन्ध रहेको मात्र बताएनन्, युनाइटेडमा हुँदाको एक किस्सा पनि सुनाए।

पिकेका अनुसार रोनाल्डोको ऐनासँग छुट्टै लगाव छ। रोनाल्डो ऐना हेर्न धेरै मन पराउने व्यक्ति गरेको पिकेले एक अन्तर्वार्तामा बताए। युनाइटेडमा हुँदा ऐनासँग रोनाल्डोको लगाव नजिकबाट देखेको पिकेको भनाई छ।

“क्रिस्टियानो रोनाल्डो? उनीसँग मेरो धेरै राम्रो सम्बन्ध छ। सँगै खेल्दा हामी बीच धेरै पटक भेट भएको छ। म्यानचेस्टर युनाइटेडमा हुँदा हामी धेरै रमाइलो गर्थ्यौं। जब उनी प्रशिक्षणमा आइपुग्थे, सबै भन्दा पहिला ऐना हेर्थे। ऐनासँग उनको छुट्टै लगाव थियो।”,पिकेले भने।

त्यस्तै पिकेले रोनाल्डोको मानसिकताको पनि प्रशंसा गरे। रोनाल्डो छुट्टै मानसिकताका साथ मैदानमा उत्रिने पिकेको भनाई छ। युनाइटेडमा हुँदा युवा अवस्थामै हुँदा पनि रोनाल्डोको उच्च मानसिकतालाई नजिकबाट देखेको पिकेले बताए। उनले भने,”युवा भए पनि रोनाल्डोको मानसिकता म्यानचेस्टर युनाइटेडमा सनसनीपूर्ण थियो।”

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८०९:३०

बार्सिलोना समर्थकलाई जर्सी-कट्टु सबै दिएर पेन्टी मात्र लगाएर कुदे राकिटिक [भिडियो सहित]