काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताका दुई दिन लगातार घटेको सुनको मूल्य साताको तेस्रो दिन आज मंगलबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार ८ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदी मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैंयाँमा कारोबार भइरहेको छ।

