च्याम्पियन्स लिगमा आज दुई ठूला खेल हुँदै, कुन च्यानलमा हेर्ने लाइभ खेल ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आज राति दुई खेल हुँदैछन्। आज राति च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तर्गतका पहिलो लेगका दुई खेल हुन लागेका हुन्।

क्वाटरफाइनलको पहिलो लेगमा प्रिमियर लिग क्लब साबिक विजेता चेल्सीले घरेलु मैदानमा स्पेनिस दिग्गज रियल म्याड्रिडको आथित्यता गर्दा अर्को स्पेनिस क्लब भिल्लारियलले आफ्नो घरेलु मैदानमा जर्मन च्याम्पियन बार्यन म्युनिखको सामना गर्नेछ। दुवै खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

चेल्सीले च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च च्याम्पियन लिललाई पराजित गरेर क्वाटरफाइनलमा आइपुगेको हो। चेल्सीले लिललाई पहिलो लेगमा २-० ले पराजित गरेको थियो भने दोस्रो लेगमा २-१ को गोल अन्तरले विजयी भएको थियो। समग्रमा ४-१ को जित निकाल्दै चेल्सीले क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।

त्यस्तै रियल म्याड्रिडले भने अन्तिम १६ मा अर्को फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ३-२ को गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा पेरिसमा १-० ले पराजित भएपनि दोस्रो लेगमा ३-१ को गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो। बेन्फिका र लिभरपुल बीच हुने खेल भारतीय च्यानल सोनी टेन वानमा हेर्न सकिनेछ।

बार्यन भर्सेस भिल्लारियल

बार्यन म्युनिखले अन्तिम १६ मा अस्ट्रियन क्लब साल्सबर्गलाई समग्रमा ८-२ को गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा अवे मैदानमा १-१ को बराबरीमा रोकिएको जर्मन च्याम्पियनले दोस्रो लेगमा ७-१ को फराकिलो जित निकालेको थियो।

त्यस्तै भिल्लारियलले भने इटालियन महारथी युभेन्टसलाई पन्छाएर क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेगमा भिल्लारियल घरेलु मैदानमा १-१ को बराबरीमा रोकिँदा दोस्रो लेगमा युभेन्टस कै घरेलु मैदानमा ३-० को उत्कृष्ट जित दर्ता गरेको थियो। सिटी र एट्लेटिको बीचको खेल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१०:२४

बार्सिलोना होइन यी तीन क्लबलाई लेवान्डोस्की नभई भएको छैन ! कुन-कुन ? [सूची सहित]