चेल्सीलाई घरेलु मैदानमै रियलले धुलो चटायो, लियो गज्जबको बदला !

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा स्पेनिस महारथी रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ ।

रियलले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए। घरेलु टोली चेल्सीविरुद्ध खेलको सुरुवातदेखि नै पकड बनाएको रियललको २१औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले भिनिसियस जुनियरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ४०औं मिनेटमा काई हाभर्टजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले जर्गिन्होको पासमा हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियललाई ३–१ ले अघि बढाए । त्यसपछि दुवैतर्फबाट गोलका केही प्रयास भएपनि सदुपयोग हुन नसक्दा रियल विजयी हुन सफल भयो ।

खेलमा पछि परेको घरेलु टोली चेल्सीले रियलको पोस्टमा बढी आक्रमण बुनेपनि चेल्सीको पूर्व गोलरक्षक थिवाउट कोर्टुवा बाधक बने । रियलको रक्षापङ्ति पनि निकै व्यस्त बन्यो । बेन्जेमाको यो सिजन च्याम्पियन्स लिगमा ११औं गोल हो ।

यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ । २–० को हारले पनि चेल्सी अवे गोलको आधारमा अघि बढ्नेछ । चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८०६:५७

पिएसजी पछि चेल्सी बन्यो बेन्जेमाको शिकार, गरे उत्कृष्ट ह्याट्रिक ! [भिडियो सहित]