उपाधि दावेदार बायर्नलाई भिल्लारियलले पछार्यो !

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । उपाधि दावेदार बायर्न स्पेनिस क्लब भिल्लारियलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भिल्लारियलको जितमा खेलको शुरुमै एर्नाउट डानजुमाले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको आठौं मिनेटमा ड्यानियल पारेजोको पासमा गोल गरेका थिए ।

भिल्लारियलमा बुधबार राति भएको खेलमा सम्हालिन नपाउँदै गोल खान पुगेको बायर्नले त्यसपछि ६२ प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । ४१औं मिनेटमा घरेलु टोलीका फ्रान्सिस कोकुलिनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उक्त गोलको मुभमा उनी अफसाइड ठहरिएका थिए ।

त्यसपछि दुवै टोलीले केही मौका पाएनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । यो जितसँगै भिल्लारियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके भिल्लारियल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

बायर्नलाई सेमिफाइनलमा प्रवेश गर्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा २–० को जितको खाँचो छ । १–० को जितले पनि बायर्नको अघिल्लो चरण पुग्ने सम्भावना जीवित रहन्छ । दोस्रो लेग १२ मार्चमा एलिएन्ज एरिना म्युनिखमा हुनेछ ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८०७:४५

भिल्लारियलले अन्त्य गरिदियो बायर्नको चुरीफुरी, ऐतिहासिक गोलको दौड रोकियो !