पेप गार्डियोला ब्राजिलियन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक ?

म्यानचेस्टर सिटी प्रशिक्षक पेप गार्डियोला ब्राजिलियन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रमुख दाबेदार रहेको भएपनि अहिलेसम्म कुनै कदम भने नचालिएको बताइन्छ। ब्राजिलियन फुटबल कन्फेडेरेसन (CBF) ले पेप गार्डियोलालाई आफ्नो राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा उत्तराधिकारी बनाउन कुनै प्रकारको सम्पर्क नगरेको गोलले पुष्टि गरेको छ।

मार्काले यस हप्ता रिपोर्ट गरेको थियो कि सेलेकाओले म्यानचेस्टर सिटी बोसलाई टिटेले आफ्नो पद छोडेपछि ब्राजिलियन टोलीको नेतृत्व लिन सम्पर्क गरेको र प्रति वर्ष लगभग १० मिलियन पाउण्ड दिन तयार रहेको छ। टिटेले यस वर्ष कतारमा हुने विश्वकपपछि आफ्नो पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् र राष्ट्रको सञ्चालक समिति उनको स्थान लिने योग्य प्रशिक्षकको खोजीमा रहेको छ।

यसैबीच, गोलले ब्राजिलियन बोर्ड र गार्डियोला बीच अहिलेसम्म कुनै औपचारिक सम्पर्क नभएको पुष्टि गरेको छ। हाल, CBF ले टिटेको स्थान लिनको लागि उपलब्ध उम्मेदवारहरूको मूल्याङ्कन गरिरहेको छ। विश्वकप अघि टिटोको उत्तराधिकारीको बारेमा कुनै छलफल हुने छैन किनभने उनीहरु कतारमा विश्वकप उपाधिका लागि चुनौती दिनेमा पूर्ण रूपमा केन्द्रित छन्।

यद्यपि, गार्डियोला पूर्व CBF अध्यक्ष रोजेरियो काबोक्लोको मनपर्ने उम्मेद्वार हुन्। साथै, वर्तमान अध्यक्ष एडनाल्डो रोड्रिग्स पनि टेटेको उत्तराधिकारीका लागि विदेशी प्रशिक्षक नियुक्तिको विरुद्धमा छैनन्।

के भन्छन् गार्डियोला ?

टीएनटी स्पोर्ट्सले सोध्दा गार्डियोलाले ब्राजिलको प्रशिक्षकको जिम्मेवारी नलिने संकेत गरेका छन्। “ब्राजिलसँग धेरै राम्रा ब्राजिलियन प्रशिक्षकहरू छन् जसले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनुपर्छ,” गार्डियोलाले भने, “धेरै राम्रा ब्राजिलियन प्रशिक्षकहरू छन्। च्याप्टर क्लोज।”

प्रकाशित : शुक्रबार, चैत २५, २०७८११:००

चेल्सी विरुद्ध खेल्नै नपाउने स्थितिमा पुगेका थिए बेन्जेमा, एन्सेलोटीले गरे यस्तो खुलासा !