चेल्सी विरुद्ध खेल्नै नपाउने स्थितिमा पुगेका थिए बेन्जेमा, एन्सेलोटीले गरे यस्तो खुलासा !

रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले ह्याट्रिक हिरो करिम बेन्जेमाले आफ्नो स्टेडियम पास फेला पार्न नसक्दा चेल्सीविरुद्ध झन्डै खेल्न नसकेको खुलासा गरेका छन्।

बेन्जेमा स्ट्यामफोर्ड ब्रिजमा खेलको म्यान अफ द म्याच भए, फ्रेन्च स्टारको ह्याट्रिकको मद्दतमा चेल्सीसँग च्याम्पियन्स लिग टाईको रिटर्न लेग अघि रियल म्याड्रिड ड्राइभिङ सिटमा रहेको छ। तर खेलअघि केहि समय यस्तो पनि भएको थियो जसको कारण बेन्जेमा खेल खेल्न पनि नपाउन सक्थे।

“खेल अघि, बेन्जेमाले स्टेडियममा प्रवेश गर्न आफ्नो पास भेट्टाई रहेका थिएनन्,” एन्सेलोटीले अमेजन प्राइमलाई भने, “मैले उनलाई भनें: ‘छिटो गर्नुहोस् नत्र तपाईंले खेल्न सक्नुहुन्न!’। सौभाग्यवश, करिमले पास फेला पारे।” यस सिजनका सबै प्रतियोगिताहरूमा ३७ गोलका साथ, व्यक्तिगत उत्कृष्ट, बेन्जेमा ब्यालोन डी’ओर जित्न दाबेदार बनेका छन्।

एन्सेलोटीले ३४ वर्षीय स्टारको बारेमा थपे: “बेन्जेमा दिनहुँ राम्रो हुँदै गइरहेका छन्, वाइन जस्तै। उनी एक लिडर हुन् र उनले आफूलाई यो टोलीमा बढी भन्दा बढी महत्त्वपूर्ण महसुस गरेका छन्। मलाई लाग्छ कि यसले फरक पार्छ। उनीसँग निकै बलियो व्यक्तित्व रहेको छ, उनलाई थाहा छ उनी हाम्रो लागि धेरै महत्त्वपूर्ण खेलाडी हुन् र सबैका लागि उदाहरण हुन्।”

प्रकाशित : शुक्रबार, चैत २५, २०७८१२:३०

रेनेस प्रशिक्षक भन्छन्-“बेन्जेमा जोहान क्रुएफको स्तरका खेलाडी हुन्”