प्रिमियर लिग महासंग्राम: लिभरपुलले सिटीलाई पछार्न सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको उपाधि होडमा निर्णायक हुने खेलमा आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुल आमने-सामने हुँदैछन्। प्रिमियर लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहेका सिटी र लिभरपुल आइतबार राति सिटीको घरेलु मैदानमा आमने-सामने हुन लागेका हुन्।

सिटी प्रिमियर लिगको पहिलो स्थानमा छ। सिटीले सिजनका ३० खेल खेल्दा ७३ अंक बटुलेको छ। सिटीले अहिले सम्म २३ जित निकालिसकेको छ। सिजनका मात्रै तीन खेलमा सिटी पराजित भएको छ। प्रिमियर लिगका पछिल्ला पाँच खेलमा सिटीले ३ खेलमा जित निकाल्दा एक खेलमा हार बेहोरेको छ भने एक खेलमा बराबरी खेलेको छ।

त्यस्तै दोस्रो स्थानमा रहेको लिभरपुलले पनि सिटी समान ३० खेल खेलेको छ। लिभरपुलको ७२ अंक छ। लिभरपुलले २२ जित निकाल्दा मात्रै दुई खेलमा हारेको छ। लिभरपुलले पाँच खेलमा पाँचै जित निकालेको छ।

आइतबारको खेल प्रिमियर लिग उपाधि होडमा निर्णायक हुनेछ। आइतबार जित निकाल्ने टोलीले प्रिमियर लिग जित्ने सम्भावना बढ्नेछ। आइतबार सिटीले जित निकालेको खण्डमा सिटीको ७६ अंक हुनेछ भने लिभरपुल ४ अंकले पछाडी पर्नेछ। तर लिभरपुलले जित निकालेको खण्डमा भने लिभरपुलले दुई अंकको अग्रता बनाउनेछ। बराबरीमा खेल टुंगिएको अवस्थामा भने सिटीको अग्रता कायमै रहनेछ।

सिटी र लिभरपुल बीचको खेल नेपाली समय अनुसार रातको ९ बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, चैत २६, २०७८१७:४४

एक-अर्काको प्रशंसामा उत्रिए क्लोप र गार्डियोला, क्लोप भन्छन् – ‘पेप विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’