एजेन्सी – म्यानचेस्टर सिटीले आइतबार इतिहाड स्टेडियममा लिभरपुलको आथित्यता गर्दैछ। सिजनकै महत्वपूर्ण खेलमा सिटी र लिभरपुल आइतबार आमने-सामने हुन लागेका हुन्। आइतबार आमने-सामने हुँदा दुवै टोली एक-अर्कालाई पाखा लगाएर प्रिमियर लिग उपाधि होडमा बलियो बन्ने तर्फ केन्द्रित हुनेछन्।
प्रिमियर लिगमा एक अर्कालाई कडा टक्कर दिरहेपनि दुवै टोलीका प्रशिक्षक बीच भने स्वस्थ प्रतिष्पर्धा देखिन्छ। खेल अगाडी दुवै प्रशिक्षक एक-अर्काको प्रशंसामा उत्रिए। खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा दुवै प्रशिक्षकले एक अर्काको प्रशंसा गर्दै देखिए।
पत्रकारहरु समक्ष लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले पेप गार्डियोला विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताए। पेप विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् भन्नेमा कुनै शंका नरहेको क्लोपको भनाई छ।
“पेप (गार्डियोला) विश्वका उत्कृष्ट प्रशिक्षक हुन्। यसमा कुनै शंका नै छैन। यदि पेपमा कसैलाई शंका छ भने त्यस्तो कसरी हुन्छ भन्ने म बुझ्दिन।”,क्लोपले भने। क्लोपले आफूलाई उत्कृष्ट प्रशिक्षक बताएपछि गार्डियोलाले पनि क्लोपको प्रशंसा गरे।
गार्डियोलाका अनुसार क्लोपका अनुसार विश्व फुटबल राम्रो भैरहेको छ। क्लोपको योगदानले फुटबल राम्रो भइरहेको गार्डियोला मान्छन्। पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा गार्डियोलाले क्लोपसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको पनि बताए। आफूहरु बीच कुनै समस्या नरहेको उनको भनाई छ।
उनले भने,”जुर्गेनका कारण विश्व फुटबललाई राम्रो भइरहेको छ। उनी ठूलो प्रतिस्पर्धी हुन्। तर यो राम्रो छ। म सबै प्रशिक्षकहरुसँग राम्रो सम्बन्ध राख्न प्रयास गर्छु। जर्मनीमा हुँदा पनि हाम्रो कुराकानी हुन्थ्यो। उनी राम्रो मान्छे हुन्। उनीसँग मलाई कुनै समस्या छैन।”