विपक्षीको गोलपोस्टमा पिएसजीको गोलवर्षा, एम्बाप्पे र नेयमार दुवैको ह्याट्रिक !

एजेन्सी – फरवार्डद्धय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित दर्ता गरेको हो । क्लेरमोन्टमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । १९औं मिनेटमा एमबाप्पेले मेस्सीकै पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा जोडेलले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ स्थितिमा ल्याए ।

दोस्रो हाफमा पिएसजीले चार गोल थप्दै फराकिलो जित पक्का ग¥यो । ७१औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३–१ ले अघि बढाए । ७४औं मिनेटमा एमबाप्पेले नेयमारको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८०औं मिनेटमा एमबाप्पेले मेस्सीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा पिएसजी खेलमा ५–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नेयमारले एमबाप्पेकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पिएसजीले फराकिलो जित निकाल्न सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । रेन्नेस र मार्सेको समान ५६ अंक छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, चैत २७, २०७८०९:५०

खेलभर एक गोल गर्न नसकेको रिस रोनाल्डोले बालक माथि पोखे, फुटाइदिए फोन ! [भिडियो]