हिजो ह्वात्तै बढेर एक लाख नाघेको सुनको मूल्य आजै घट्यो, कति पुग्यो ?

हप्ताको पहिलो दिन ह्वात्तै बढेको सुनको भाउ सोमबार भने ओरालो लागेको छ। शुक्रबारको तुलनामा ८ सय रुपैयाँले उकालो लागेर आइतबार तोलाको एक लाख नाघेको सुनको मूल्यमा दोस्रो दिन भने २ सय रुपैयाँको सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ तोलाको २ सयले घटेर एक लाख एक सय कायम भएको छ। आइतबार छापावाला सुन तोलाको ८ सयले बढेर एक लाख ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि २ सय रुपैयाँको गिरावट आएको छ। शुक्रबारको तुलनामा आइतबार ८ सयले घटेर ९९ हजार ८ सय कायम भएको तेजाबी सुनको भाउ आज सोमबार २ सयले घटेर ९९ हजार ६ सय प्रतितोला कायम भएको छ।

चाँदीको मूल्य स्थिर

सोमबार सुनको मूल्य घटेको दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलाको १३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, चैत २८, २०७८११:१०

बलेफी हाइड्रोको आईपीओ बाँडफाँड भोलि, डेढ लाख भन्दा बढीको भाग्य चम्किने !