बलेफी हाइड्रोको आईपीओ बाँडफाँड भोलि, डेढ लाख भन्दा बढीको भाग्य चम्किने !

काठमाडौँ – बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड चैत्र २९ गते मंगलबार अर्थात भोलि हुने भएको छ। चैत्र १६ गते देखि २१ गते सम्मका लागि बिक्री खुला भएको आइपिओको बाँडफाँड मंगलबार हुने भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा झन्डै १६ गुणा बढी आवेदन हो । बाँडफाँड पश्चात एक लाख ६६ हजार ३ सय ४५ जनाको भाग्य चम्किनेछ। अन्यको हात भने खाली रहनेछ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१४:४४

नेप्सेको ओरालो यात्रा रोकिएन, तर पनि यी कम्पनीका शेयर हुने मालामाल !