जब बेन्जेमालाई चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिज प्रवेश गर्न दिइएन … [भिडियो सहित]

एजेन्सी – गत साता च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिड र प्रिमियर लिग क्लब चेल्सी आमने-सामने हुँदै थिए। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सो खेल हुने तय भएको थियो।

पहिला नै तय भएअनुसार सो खेलमा सहभागी हुन् रियल म्याड्रिडका खेलाडी र प्रशिक्षकको टोली स्ट्यामफोर्ड ब्रिज पुगेको थियो। सो टोलीमा रियलका करिम बेन्जेमा पनि थिए। त्यसबेला बेन्जेमा एक कठिन मोडबाट गुज्रन बाध्य भए।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बेन्जेमाले झन्डै खेल नै गुमाउन परेको थियो। स्ट्यामफोर्ड ब्रिज प्रवेश पास हराएका कारण बेन्जेमाले महत्वपूर्ण खेल झन्डै गुमाएनन्।

भएको के थियो ?

रियलको टोली स्ट्यामफोर्ड ब्रिज प्रवेश गर्ने क्रममा थियो। स्ट्यामफोर्ड ब्रिजका सेक्युरिटी गार्डहरुले सबैको पास चेक जाँच गरिरहेका थिए। तर बेन्जेमा भने आफ्नो पास देखाउन असमर्थ रहे। पास नदेखाएसम्म प्रवेश नदिने त्यहाँका सेक्युरिटी गार्डहरुले बताएपछि त्यहाँ केहि बेर तनावको स्थिति समेत शिर्जना भयो।

पछि बेन्जेमाले आफ्नो पास फेला पारे र स्ट्यामफोर्ड ब्रिजमा प्रवेश गरे। बेन्जेमाले सो खेलमा धेरै नै उत्कृष्ट प्रदर्शन गरेका थिए। बेन्जेमाको उत्कृष्ट प्रदर्शनकै कारण रियल विजयी भएको थियो। बेन्जेमाले चेल्सी विरुद्ध ह्याट्रिक नै गरेका थिए।

@vtblnl 😂 #UCL #Soccer #footballtiktok #CHERMA ♬ Oh No – Kreepa

प्रकाशित : सोमबार, चैत २८, २०७८१४:३८

रोनाल्डो माथि हुने भयो अनुसन्धान, कारवाही पनि होला त ?