ताजिकिस्तानसँग नेपाल ११-१ ले पराजित !

काठमाडौं – एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता लिदै ताजिकिस्तानलाई बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

ताजिकिस्तानविरुद्ध नेपालका लागि आदिल हामिदले एक गोल गरे । नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्नेछ । किर्गिस्तानस्थित विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ ।

समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् ।

यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१६:११

म्याड्रिड विरुद्धको खेलअघि चेल्सीलाई लाग्यो ठूलो झड्का, स्टार खेलाडी बाहिरिए !