एजेन्सी – साविक युरोपियन च्याम्पियन चेल्सीसँग उपाधि रक्षाका लागि अब एक मौका मात्रै बाँकी छ। रियल म्याड्रिडको घरेलु मैदानमा चेल्सी गर या मरको अवस्थामा हुनेछ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सी रियल म्याड्रिडसँग ३-१ ले पराजित भइसकेको छ। मंगलबार राति राम्रो प्रदर्शन गरेर रियललाई पराजित गर्न सकेमात्रै चेल्सी च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ।
च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्न चेल्सीले मंगलबार राति रियल म्याड्रिड विरुद्ध कम्तिमा तीन गोल गर्नुपर्नेछ र रियललाई कुनै पनि गोल गर्नबाट रोक्नुपर्नेछ।
सम्भव छ त ?
सिजनको शुरुवातमा चेल्सी जुन स्तरको खेल प्रदर्शन गरिरहेको थियो, त्यो स्तरमा अहिले चेल्सी छैन। चेल्सी गएको केहि समय देखि त्यति राम्रो लयमा देखिँदैन। जसकारण रियल म्याड्रिड विरुद्ध पुनरागमन गर्न चेल्सीलाई गार्है पर्नेछ।
त्यस्तै दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुँदैछ। त्यसकारणले पनि पुनरागमन गर्न चेल्सीलाई असहज हुनेछ। सान्टियागो बर्नाबेउमा रियलले पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्तो टोलीलाई त नराम्रो हार चखाएको थियो।
पिएसजी विरुद्धको खेलमा करिम बेन्जेमाले एक्लै तीन गोल गरेका थिए। घरेलु मैदानमा पिएसजीलाई रियलले ३-१ को गोल अन्तरले पराजित गरेको थियो।

