एजेन्सी – सेभ द चिल्ड्रेनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो एम्वासडरबाट हटाएको छ ।
गुडिसन पार्कमा घरेलु टोली एभर्टनसँग १–० ले पराजित भएको खेलमा रोनाल्डोले खेल सकिएपछि चेन्जिङ रुम फर्कने क्रममा १४ वर्षीय एभर्टनका समर्थकको फोन खोसेर भुईमा फालेको भन्दै सेभ द चिल्ड्रेनले उनलाई एम्वासडरबाट हटाएको हो ।
सामाजिक सन्जालमा भाइरल भएको फुटेजमा रोनाल्डोले चेन्जिङ रुमतिर फर्कने क्रममा फोन खोस्दै भुईमा पछारेको देखिएको छ । मर्सिसाइड प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको र थप जानकारी खोजिरहेको पुष्टि गरेको छ ।
त्यो १४ वर्षीय समर्थकको नाम जेक हार्डिङ रहेको पाइएको छ । उनकी आमा साराह केलीले भुईका फालिएको फोन जेकको रहेको पुष्टि गर्दै जेकले रोनाल्डोको ओल्ड ट्राफोर्डमा खेल हेर्नको लागि आएको निमन्त्रणलाई अस्वीकार गरेको छ ।
उक्त घट्नापछि रोनाल्डोले आफ्नो आक्रोशको लागि माफी समेत मागिसकेका छन् । तर, सेभ द चिल्ड्रेनले विगत १० वर्षदेखि एम्वासडर रहेको रोनाल्डोलाई हटाएको छ । ३७ वर्षीय रोनाल्डो अब सेभ द चिल्ड्रेनको वेबसाइटमा देखा पर्दैनन् । केलीले आफ्नो छोराको पहिलो यात्रा कथित झगडाले बिग्रिएको पनि बताइन् ।

