गठबन्धन विरुद्ध पर्सामा विद्रोह, गठबन्धन अस्वीकार गर्ने कांग्रेसी नेताहरुको घोषणा !

Real Madrid's Rodrygo, left, celebrates with his teammate Karim Benzema after he scored his side's first goalduring the Champions League, quarterfinal second leg soccer match between Real Madrid and Chelsea at the Santiago Bernabeu stadium in Madrid, Spain, Tuesday, April 12, 2022. (AP Photo/Manu Fernandez)

काठमाडौँ – पर्सा जिल्लाका कांग्रेस नेताहरुले गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस पर्साका विभिन्न नेताहरुले सामूहिक रुपमै गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन्।

बुधबार पत्रकार सम्मेलन गरेर विज्ञप्ति नै जारी गर्दै पर्सामा कुनै पनि गठबन्धन स्वीकार नरहेको पार्टी केन्द्रीय कार्यालयलाई जानकारी गराएका छन्। पर्सा जिल्लामा नेपाली कांग्रेस बलियो भएका कारण गठबन्धनको आवश्यकता नहुने पर्साका नेताहरुको भनाई छ।

गठबन्धन अस्वीकारको घोषणा गर्नेहरुमा नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरु रहेका छन्।

“साथीहरुको भावना विपरीत निर्वाचनमा समाहित भए पार्टीप्रति ठूलो घात हुने देखिन्छ। पर्सामा कुनै पनि गठबन्धन स्वीकार नरहेको जानकारी हामी यही विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यालयलाई गराउछौं।”,विज्ञप्ति जारी गर्दै नेताहरुले भनेका छन्।

प्रकाशित : बुधबार, चैत ३०, २०७८१९:०२

प्रचण्डले भने – ‘केहि समय पाएको भए एमाले हाम्रो हुन्थ्यो’