२०७९ को पहिलो महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् वैशाखको मासिक राशिफल !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

वैशाख महिनामा तपाईंलाई मिश्रित रहनेछ। आफन्त र साथीभाइबाट भरपूर साथ-सहयोग प्राप्त हुनेछ। रमणीय यात्राको सम्भावना रहेको छ। यो महिना तपाईंको बोलीको प्रभाव बढ्नेछ। नयाँ काम आरम्भ गर्न समय अनुकूल रहेको छ। महिनाको अन्त्यमा भने जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

२०७९ सालको पहिलो महिना तपाईंको लागि त्यति शुभ नरहला। शेयर बजारमा नोक्सानी होला। त्यस्तै, अनावश्यक खर्चमा वृद्धि हुँदा आर्थिक स्थिति कमजोर हुनसक्छ। स्वास्थ्यमा केही समस्या आउनसक्छ। महिनाको दोस्रो भागमा भने लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। नयाँ कार्यको थालनी गर्न पनि सकिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

वैशाख महिना मिथुन राशिका मानिसको लागि शुभ राम्रो हुनेछ। लामो समय देखि रोकिएका कामहरू अब अगाडि बढ्नेछन्। आकस्मिक धन लाभ मिल्ने ठूलो सम्भावना रहेको छ। सामाजिक कार्यमा संलग्न हुन तपाईंको विशेष रुचि रहनेछ। शेयर बजारको कारोबारले पनि यो महिना तपाईंलाई राम्रै फल दिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यस राशिका मानिसको लागि बैशाख महिनामा राम्रो प्रतिफल प्राप्त हुनेछ। नयाँ कार्य शुभारम्ब गर्न सकिनेछ। सामाजिक क्षेत्रमा उच्च मान-सम्मान प्राप्त हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। विगतमा अड्किएका कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुने देखिन्छ। यात्रा गर्दा पनि केही सावधान रहनुहोला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशिको लागि वैशाख महिना अत्यन्त शुभ रहनेछ। धार्मिक कार्यमा तपाईंको रुची बढ्नेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। यस समयमा हात हालेको हरेक क्षेत्रमा तपाईंले विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। घर-जग्गा किन्ने तपाईंको सपना पनि यो समयमा साकार हुनेछ। आर्थिक स्थिति बलियो हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि भएका मानिसका लागि वैशाख महिना शुभ नरहला। नगरेको कामको आरोप लाग्न सक्छ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो महिना त्यति शुभ नरहला। गरेको मेहनतले पनि राम्रो रंग ल्याउन गाह्रो नै होला। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

वैशाख महिना यस राशिका मानिसलाई अत्यन्त शुभ रहन्छ। कार्यक्षेत्रमा तपाईं प्रभुत्व जमाउन सक्नुहुनेछ। प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ। हात हालेको हरेक काममा तपाईंले सफलता प्राप्त गर्नुहुनेछ। नयाँ वस्त्र प्राप्तिको योग रहेको छ। आफन्त तथा साथी-भाइबाट भरपूर सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यस राशिका मानिसको लागि यस महिना शुभ रहने देखिन्छ। धर्मकर्ममा तपाईंको मन लाग्नेछ। विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। सामाजिक मान-सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा राम्रो सफलता प्राप्त होला। प्रेमसम्बन्धका लागि पनि राम्रो समय रहेको छ। पारिवारिक वातावरण सुखमय रहनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धनु राशिका मानिसका लागि वैशाख महिना मिश्रित फलदायी रहनेछ। लामो समयदेखि रोकिएको काम पुन: सुचारु हुने सम्भावना रहेको छ। राजनैतिक क्षेत्रमा तपाईंको आकर्षण बढ्नेछ। कुनै कुराले मन प्रसन्न रहनेछ। आफूले गरेको मेहनतको उचित फलले गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। वाहन प्राप्त हुनसक्छ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। प्रेमी प्रेमिकाका बीच मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

वैशाख महिना यस राशिका मानिसका लागि शुभ रहनेछ। भाग्यले पूरा साथ दिनेछ भने हात हालेको हरेक काममा सफलता प्राप्त हुनेछ। सकारात्मक महिना रहेको छ। कार्यक्षेत्रमा ठूला व्यक्तिले तपाईंको कामको खुलेर प्रशंसा गर्नेछन्। कला तथा सांस्कृतिक क्षेत्रमा विशेष सफलता प्राप्त गर्न सफल हुनुहुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

सामाजिक क्षेत्रमा तपाईंले उच्च मान-सम्मान प्राप्त गर्नुहुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। साथी-भाइको पूरा साथ सहयोग प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्ने छन्। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। व्यपार व्यवसायबाट राम्रो आम्दानी हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

बैशाख महिनामा तपाईंको लागि शुभ नै भन्नुपर्छ। शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। परिवारमा शुभ कार्यको अवसर बन्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग बन्ने सम्भावना उच्च रहेको छ। विभिन्न क्षेत्रबाट अनेक सफलता प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछ।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१३:११

हनुमान जयन्तीको दिन नगर्नुस् यी ७ अशुभ काम, अन्यथा पूरा हुनेछैन पूजा !