जब सलमानले भेटे युवतीको थप्पड …

एजेन्सी : सलमान खानलाई बलिउडका सुपरस्टार अभिनेता मानिन्छ। उनको नाम आफैँमा एउटा ब्राण्ड हो। उनका फिल्म फ्लप होस् या सुपरहिट, उनको फ्यान फलोइङमा कुनै कमी आउँदैन्। उनी विवादमा मुछिदा उनका फ्यानहरुले उनलाई अझ धेरै समर्थन लिन्छन्। सलमान खान विवादको पर्याय नै हुन्। विवादास्पद बयान तथा व्यवहारले उनी प्राय: चर्चाकै घेरामा हुन्छन्।

कहिले हिट एण्ड रन केस त कहिले हिरणको केसको कारण उनी कानुनी झमेलामा परिरहेका हुन्छन्। एकपटक एक युवतीले सलमान खानलाई सार्वजनिक स्थलमै थप्पड हानेको घटनाले खुब चर्चा कमाएको थियो। आज हामी तपाई यसै घटनाबारे संक्षिप्तमा बताउँछौँ।

यो घटना सन् २००९ को हो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार सलमान खान त्यतिबेला सुष्मिता सेन, सोहेल खान, शिवानी कश्यप, विजेन्दर सिंह लगायत अरु सेलिब्रेटीहरुसँग पार्टीमा रमाईरहेका थिए। सलमानले यो पार्टी एक पाँच-तारे होटेलमा आयोजना गरेका थिए, जुन होटेलमा एक फेशन शोमा आयोजना गरिएको थियो।

त्यही क्रममा नयाँ दिल्लीका एक बिल्डरकी छोरी मोनिका त्यो प्राइभेट पार्टीमा प्रवेश गरिन्। मिडिया रिपोर्ट्स अनुसार युवतीले सलमान खानलाई थप्पड हान्नुका साथै सोहेल र सुष्मिता सेनलाई तथानाम गाली गरेकी थिईन्। युवतीले पहिले आफ्नो पुरुष साथीसँग पार्टी भेन्युमा घुस्ने प्रयास गरेकी थिईन्।

भारतीय मिडियाहरु अनुसार युवती त्यतिबेला पूर्णरुपमा नियन्त्रण बाहिर थिईन्। युवतीले बबाल मच्चाएपछि सलमानले विनम्रतापूर्वक उनलाई बाहिर जान भने। तर उनले एक्कासि गालीमा चट्कन लगाएको बताईएको थियो। एक युवतीको हातबाट चट्कन खाँदासम्म सलमानले आफूलाई काबूमा राखे। उनले सेक्युरिटी गार्ड्सलाई बोलाएर युवतीलाई बाहिर पठाए।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:१७

निकै रोचक छ अल्लु अर्जुन र स्नेहा रेड्डीको प्रेम-कहानी, विवाहको लागि यस्तो सम्म गरेका थिए !