निकै रोचक छ अल्लु अर्जुन र स्नेहा रेड्डीको प्रेम-कहानी, विवाहको लागि यस्तो सम्म गरेका थिए !

एजेन्सी : दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का अभिनेता अल्लु अर्जुन भारतीय चलचित्र क्षेत्रको लोकप्रिय अनुहार हुन्। साउथदेखि बलिउडसम्म उनको फ्यानफलोइङ तगडा छ। अल्लु अर्जुनको पछिल्लो फिल्म पुष्पाको क्रेज अझै पनि घटेको छैन्। अहिले दर्शकहरु यस फिल्मको सिक्वेलको प्रतीक्षामा छन्।

अल्लु अर्जुनका अधिकांश चलचित्र हिट भएका छन्। उनको प्रोफेशनल लाइफसँगै पर्सनल लाइफ पनि निकै रोचक छ। अल्लु अर्जुनले स्नेहा रेड्डीसँग प्रेम विवाह गरेका थिए। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहेका लागि उनले धेरै पापड बेल्नु परेको थियो।

अल्लु अर्जुनले सन् २०११ मार्च ६ मा स्नेहा रेड्डीसँग प्रेम विवाह गरेका थिए। स्नेहा रेड्डी निकै सुन्दर छिन् र सुन्दरताको मामिलामा चल्तीका अभिनेत्रीहरुलाई पनि कडा टक्कर दिन्छिन्। विवाहपछि अल्लु र स्नेहा दुई सन्तानका आमाबुवा बनेका छन्। यस दम्पत्तिका छोराको नाम अल्लु अयान र छोरीको अल्लु अरहा हो।

अल्लुले पहिलो पटक स्नेहालाई साथीको विवाहमा भेटेका थिए। पहिलो नजरमै अल्लु स्नेहाको प्रेममा परेका थिए। दुवैले एकअर्कासँग कुरा गरे र नम्बर साटासाट गरे। त्यतिबेला स्नेहा अमेरिकाबाट स्नातकोत्तर गरेर फर्केकी थिइन्। स्नेहा हैदराबादका एक व्यापारीकी छोरी थिइन्। अल्लु पनि त्यतिबेला चर्चित नै थिए। उनले त्यतिबेलासम्म फिल्म क्षेत्रमा आफ्नो अलग पहिचान बनाईसकेका थिए।

व्यापारीकी छोरीले फिल्मस्टारसँग गर्न लागेको विवाह स्नेहाका परिवारलाई स्वीकार्य थिएन्। यहीँ कारण स्नेहाको परिवारले यो सम्बन्धलाई ठाडै अस्वीकार गरेका थिए। तर अल्लु र स्नेहा एकअर्कालाई छोड्न चाहँदैन्थे। अल्लु अर्जुनले स्नेहाको परिवारलाई मनाउन धेरै कसरत गरे। अन्तत: उनको परिवार विवाह गर्न राजी भए। त्यसपछि अल्लु अर्जुनले आफ्नी सपनाकी राजकुमारी अर्थात् प्रेमिकासँग विवाह गरे।

स्नेहा र अल्लु अर्जुनको विवाह भएको यति वर्ष बितिसक्दा पनि यो जोडीमा अथाह प्रेम छ। प्रायः दुवैले सँगै फोटो सेयर गरिरहन्छन्। स्नेहाको इन्स्टाग्राममा राम्रो फ्यान फलोइङ छ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:४६

करौडौं सम्पत्तिका मालिक हुन् ब्रह्मानन्दम, टिभी विज्ञापनकै लागि लिन्छन् यति धेरै पारिश्रमिक !