करौडौं सम्पत्तिका मालिक हुन् ब्रह्मानन्दम, टिभी विज्ञापनकै लागि लिन्छन् यति धेरै पारिश्रमिक !

एजेन्सी : भारतीय हास्य कलाकार ब्रह्मानन्दम कुनै कमेडी फिल्ममा नहुँदा दर्शकले त्यो फिल्म नै खल्लो भएको महसुस गर्छन्। उनले आफ्नो जीवन्त अभिनयले करौडौंलाई लोभ्याएका छन्। कमेडियन ब्रह्मानन्दमलाई साउथ फिल्म हेर्ने दर्शकले पक्कै देखेकै होलान्। आज हामी तपाईलाई यिनको विलासी जीवनशैलीको बारेमा बताउन गइरहेका छौँ।

निर्देशक जन्धयालाले ब्रह्मानन्दमलाई पहिलोपटक मुरादाबादी नामक ड्रामामा देखेका थिए। ब्रह्मानन्दमको अभिनयबाट उनी यति प्रभावित भए कि उनले ब्रह्मानन्दमलाई चन्ताबाबाई नामको फिल्ममा सानो भूमिकाको प्रस्ताव राखे। अहिले ब्रह्मानन्दमको नाममा एक हजार भन्दा बढी फिल्महरुमा अभिनय गरेको विश्व रेकर्ड छ।

भारतीय सञ्चारमाध्यमहरुका सन् २०२२ को रिपोर्ट्स अनुसार ब्रह्मानन्दमको नेटवर्थ लगभग ५० मिलियन अमेरिकी डलर रहेको छ। उनी दक्षिण भारतीय चलचित्र उद्योगको सबैभन्दा बढी पारिश्रमिक लिने हास्यकलाकार हुन्। उनी एक फिल्ममा अभिनय गरेबापत करिब २-३ करोड भारुसम्म लिन्छन्।

ब्रह्मानन्दमले कुनै पनि टिभी विज्ञापनका लागि करिब दुई करोड भारु लिने गर्छन्।

ब्रह्मानन्दमका धेरैठाउँमा आलिशान घरहरु छन्। उनको एउटा आलिशान घर हैदराबादको जुबली हिल्समा छ। यो हैदराबादको सबैभन्दा महँगो एवं सुविधासम्पन्न इलाका हो। यहीँ घरमा ब्रह्मानन्दम आफ्नो सम्पूर्ण परिवारसँग बस्छन्। यो घरको कुरा गर्ने हो भने यसको लागत करिब ५ करोड भारुभन्दा बढी छ। यसबाहेक उनका नाममा थुप्रै सम्पत्ति छन्।

ब्रह्मानन्दम कारको सौखिन हुन्। उनीसँग थुप्रै लक्जरी कारहरू छन्। उनी धेरै ठुल्ठुला पुरस्कारहरुबाट सम्मानित भईसकेका छन्। उनलाई सन् २००९ मा भारतीय चलचित्रमा उनको योगदानका लागि पद्मश्रीले सम्मानित गरिएको थियो। उनले अहिलेसम्म हजारौं हिट फिल्महरु दिएका छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:४८

काजलदेखि रश्मिकासम्म: कति पढे-लेखेका छन् साउथका अभिनेत्री ?