काजलदेखि रश्मिकासम्म: कति पढे-लेखेका छन् साउथका अभिनेत्री ?

एजेन्सी : दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेत्रीहरुले यतिबेला बलिउडमा तहल्का मच्चाईरहेका छन्। तिनका फिल्महरु हिन्दी भाषामा प्रदर्शनमा आएका कारण दर्शकहरुले झन् माया गरिरहेका छन्। योसँगै केही अभिनेत्रीहरुले त बलिउडमा कदम पनि राखिसके। खैर, यी कुराहरुलाई अहिलेका लागि बिट मारौँ। के तपाईलाई तपाईका मनपर्ने हिरोइनहरुले कति पढे-लेखेका छन्, थाहा छ ? थाहा छैन भने आज हामी तपाईलाई जानकारी गराउँछौँ।

• काजल अग्रवाल : –

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालको भारत र भारतबाहिर राम्रो लोकप्रियता छ। उनले थुप्रै हिट फिल्महरु दिएकी छिन् र उनको सुन्दरतालाई मानिसहरुले असाध्यै मन पराउँछन्। उनले किशनचन्द चेल्लाराम कलेजबाट मार्केटिङ र एडभर्टाईजिङ कोर्स गरेकी छिन्। यससँगै उनले मास मिडियामा स्नातक पनि गरेकी छिन्।

• सामन्था प्रभु : –

पछिल्लो समय सम्बन्धविच्छेदका कारण चर्चामा आएकी सामन्था प्रभु सधैँ लाइमलाइटमै हुन्छिन्। पुष्पा फिल्ममा उनको आइटम सङले तहल्का मच्चाएको थियो। सामन्थाको पढाइको बारेमा कुरा गर्दा उनले एन्जेल्स एङ्ग्लो इन्डियन हायर सेकेन्डरी स्कूल, चेन्नईबाट आफ्नो स्कुलिङ गरेकी हुन्। त्यसपछि उनले स्टेला मारिस कलेजबाट कमर्समा ग्राजुयसन गरिन्।

• रकुल प्रीत सिंह : –

रकुल प्रीत सिंहले पनि बलिउडसँगै टलिउडमा पनि राम्रो नाम कमाएकी छिन्। उनले अक्षय कुमार, अजय देवगन जस्ता सुपरस्टार्ससँग काम गरिसकिन्। उनले दिल्लीस्थित जिसस एण्ड मेरी कलेजबाट गणितमा डिग्री गरेकी छिन्। उनले दिल्लीको आर्मी स्कुलबाट पढेकी हुन्।

• श्रुति हासन : –

साउथ सुपरस्टार कमल हासनकी छोरी श्रुति हासनले पनि साउथ फिल्ममा आफ्नो अभिनय र सुन्दरताको दममा खुबै नाम कमाएकी छिन्। उनले धेरै हिट फिल्महरु दिएकी छिन्। उनले मुम्बईको सेन्ट एन्ड्रयूज कलेजबाट साइकोलोजीमा स्नातक गरेकी छिन्। त्यसपछि उनी अमेरिका प्रस्थान गरिन् र त्यहाँ उनले सङ्गीत सिकिन्।

• कीर्ति सुरेश : –

कीर्ति सुरेशले टलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। साधारण पहिरनमा देखिने उनको सोझी लुकले मानिसहरुको दिल जितेको छ। उनले फेशन डिजाइनिङमा स्नातक डिग्री हासिल गरेकी छिन्। यससँगै उनले स्कटल्याण्डमा ४ महिनाको कोर्स र लन्डनमा २ महिना इन्टर्नसिप गरेकी छिन्।

• रश्मिका मान्डणा : –

पुष्पा फिल्मको ऐतिहासिक सफलतापछि रश्मिका मान्डणाको लोकप्रियता एकाएक चुलिएको छ। मानिसहरुका मनमुटुमा उनले आफ्नो जीवन्त अभिनयको छाप छोडेकी छिन्। उनले भारतको कर्नाटकस्थिति कोडागु जिल्लाको कूर्ग पब्लिक स्कूलबाट पढाई गरेकी हुन्। उनले रामैया कलेज अफ आर्ट्सबाट साइकोलोजी र जर्नालिज्मसँगै इंग्लिश लिटरेचरमा स्नातक गरेकी छिन्।

• तमन्ना भाटिया : –

बाहुबली फिल्मबाट तमन्नाले जति लोकप्रियता हासिल गरिन्, त्यति लोकप्रियता कुनै फिल्मबाट पनि पाइनन्। उनको सौन्दर्यताले जोकोहीँलाई पनि सम्मोहित पार्छ। तमन्नाले मुम्बईमा अध्ययन गरेकी हुन्। उनले मानेकजी कूपर एजुकेशन ट्रस्ट स्कूलमा पढेकी हुन्। त्यसपछि उनले नेशनल कलेजबाट डिस्टेन्स एजुकेशनमार्फत आर्टमा ग्राजुएसन गरिन्।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२३:०८

करिश्माले आफ्नो फेसबुक पेजको नाम राखिन् ‘सूर्यकुमारी’