करिश्माले आफ्नो फेसबुक पेजको नाम राखिन् ‘सूर्यकुमारी’

नेपाली चलचित्र क्षेत्रकी नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नी निक नेम ‘सूर्य कुमारी’ राखेकी छिन् ।

पछिल्लो समयमा अभिनेत्री करिश्मा मानन्धर कुनै अभिनयको कारण भन्दा पनि राजनीतिक कारणले चर्चामा आउने थालेकी छिन् । केही समय पहिले अभिनेत्रीले उनको न्वारनको नाम बताएकी थिइन । जसलाई लिएर सामाजिक सञ्जालमा अभिनेत्रीलाई निकै ट्रोल गरिएको थियो ।

केही समय पहिले देखि नै अभिनेत्रीलाई एमाले पार्टी प्रति निकै लगाव बढेको देख्न सकिन्छ । त्यस्तै केही समयअघि अभिनेत्रीले एमाले प्रवेश गर्दा आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।

त्यसै पनि केही समय पहिले अभिनेत्री एमालेका अध्यक्ष कपी शर्मा ओलीले उनको कक्षा १२ परीक्षा हुनु अघि उनलाई फोन गरेर परीक्षाको शुभ कामना दिएको बताएकी थिइन् ।

उनले यस खबरलाई सामाजिक सञ्जाल फेसबुकमा एक स्टा:टस लेख्दै बताएकी थिइन्  । पछि सामाजिक सञ्जालमा ट्रोल हुन् थालेपछि आफैले उक्त्त पोस्ट हटाएकी थिइन् ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१६:५१

समीक्षा अधिकारीको भावुक स्टाटस : “तिम्रो लागि सधैं म हार्न सक्छु, मायामा म-र्न र मा-र्न सक्छु”