थिबाउट कोर्टोइस भन्छन् – “रियल माथि बार्सिलोनाको जित ‘कागताली’ थियो”

एजेन्सी – रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टोइसले एलक्लासिकोमा बार्सिलोनाले रियल विरुद्ध निकालेको जितलाई ‘कागताली’को संज्ञा दिएका छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा कोर्टोइसले बार्सिलोनाले रियललाई हराउनुलाई ‘कागताली’को संज्ञा दिएका हुन्।

सो खेल अगाडी र सो खेल पछाडी रियलको प्रदर्शन देख्दा बार्सिलोनाले निकालेको जित ‘कागताली’ भएको पुष्टि हुने कोर्टोइसले बताए। बार्सिलोना विरुद्धको खेलमा बेहोरेको हारले रियललाई खासै असर नगरेको उनको भनाई छ।

“त्यो एकदमै नराम्रो रात थियो। तर हामी सो हारबाट छिट्टै उत्रियौं, किनकि हार बारे धेरै सोच्नुपर्ने अवस्था थिएन।”,कोर्टोइसले बार्सिलोनासँग ४-० को गोल अन्तरले पराजित भएका बारे टिप्पणी गरे।

कोर्टोइसका अनुसार बार्सिलोनासँगको सो हारले केहि हदसम्म निराश बनाएपनि उनलाई खासै धेरै असर गरेन। सो खेललाई भुलाएर आफूहरुले राम्रो प्रदर्शन गर्न सकिरहेको उनको भनाई छ।

उनले भने,”अवश्य पनि सो हारले केहि हदसम्म निराश बनायो। तर सो हारपछि हामी रोकिएनौं। त्यसखेल पछिका हाम्रा प्रदर्शनहरुलाई हेर्ने हो भने बार्सिलोना सो जित ‘कागताली’ हो भन्ने देखिन्छ।”

गत महिना भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिड विरुद्ध ४-० को जित निकालेको थियो। त्यसबेला पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरेका थिए।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१७:०८

सिटी जान हालाण्ड भइसकेको खबर बारे डर्टमण्डका अधिकारीले यसो भने !