काठमाडौं । सोमबारदेखि ट्याक्सीको भाडा बढ्ने भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले निर्धारण गरेको रेटअनुसार फ्लाग डाउन ५० रुपैयाँ कायम गरिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
त्यसपछि प्रत्येक २ सय मिटरको १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म फ्लाग डाउन ५० नै कायम गरिएको छ भने प्रत्येक २ सय मिटरको १५ रुपैयाँ कायम गरिएको छ ।