शिक्षाको हिसाबले २०७९ वर्ष कुन राशिलाई कति शुभ ? हेर्नुहोस् यस वर्षको शिक्षा राशिफल !

मेष राशि 

यो वर्ष शिक्षा क्षेत्र सामान्य नै रहनेछ। शनि बृहस्पति, राहु तथा केतुको गोचरको प्रभावले गर्दा विभिन्न क्षेत्रमा समस्या उत्पन्न हुनसक्छ। विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला। प्राविधिक क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ। वैदेशिक शिक्षामा जना प्रयास गरिरहेका मानिसले यस वर्ष सफलता प्राप्त गर्न सक्छन्।

वृष राशि 

शिक्षा क्षेत्रमा यो वर्ष तपाईंको लागि राम्रो नै रहनेछ। यस वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै सफलता हासिल गर्न सक्छन्। अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउने देखिन्छ।

मिथुन 

अध्ययन र अध्यापनमा रूचि घट्नेछ। शिक्षा क्षेत्रमा समग्रमा हेर्ने हो भने त्यति शुभ नरहला। विदेशिएका विद्यार्थीहरूले बढी सफलता हासिल गर्नेछन्। विज्ञान र स्वास्थ्य क्षेत्रका मानिसले बढी सफलता मिल्नेछ।

कर्कट राशि 

यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहने सम्भावना रहेको छ। वैदेशिक क्षेत्रमा जाने इच्छा रहेका मानिसले राम्रै सफलता प्राप्त गर्लान्। प्राविधिक क्षेत्रका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने संकेत छ।

सिंह राशि 

शिक्षा क्षेत्रको बारेमा कुरा गर्नु पर्दा विशेषगरी कला, साहित्य र मनोरञ्जन क्षेत्रमा रहेका मानिसले राम्रो सफलता प्राप्त गर्न सक्छन्। वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरुले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला।

कन्या राशि 

शिक्षा क्षेत्रमा कुरा गर्दा यो वर्ष मिश्रित रहनेछ। वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति राम्रो नरहला, तर वर्षको अन्त्यमा भने राम्रै सफलता मिल्न सक्छ।शैक्षिक क्षेत्रबाट साउन र कार्तिक महिनामा अधिक सफलता मिल्ने संकेत छ।

तुला राशि 

२०७९ साल शैक्षिक क्षेत्रको दृष्टिकोणबाट हेर्दा त्यति राम्रो प्रतिफल नमिल्न पनि सक्छ। विद्यार्थी वर्गले पढाईमा ध्यान दिन नसक्लान्। इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ। भाद्र र फागुन महिना यो क्षेत्रका लागि शुभ रहनेछ।

वृश्चिक राशि 

विद्यार्थीहरू वर्गलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता पक्का मिल्नेछ। विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर वैशाख र जेठ महिनामा शिक्षा क्षेत्रमा त्यति अनुकूल नरहला।

धनु राशि 

वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। विद्यार्थी वर्गको पढाईमा ध्यानाकर्षण नहोला, तर वर्षको मध्यबाट भने शैक्षिक क्षेत्र राम्रो हुनेछ।

मकर राशि 

यो वर्ष शिक्षा क्षेत्रको हिसाबमा कुरा गर्दा अनुकूल नै रहनेछ। अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार बढी सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने अलि बढी संघर्ष गर्नु पर्ला।

कुम्भ राशि 

शिक्षाको हिसाबले कुरा गर्दा यो वर्ष सफल र फलदायी नै रहनेछ। वैदेशिक शिक्षाको इच्छा राख्ने मानिसले यो वर्ष सफलता प्राप्त गर्नेछन्। स्वास्थ्य क्षेत्रमा रहेका विद्यार्थी वर्गले विशेष सफलता प्राप्त गर्ने सम्भावना देखिन्छ।

मीन राशि 

विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो नरहला, अत: विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९११:४५

स्वास्थ्यको हिसाबले कसरी बित्ला २०७९ साल ? हेर्नुहोस् आफ्नो स्वास्थ्य राशिफल !