काठमाडौँ – मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष २६ को राज कुमार कामत र विराटनगर नै बस्ने २० वर्षीय प्रबिन मण्डल रहेका छन्। प्रहरीले दुवैलाई आइतबार पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुले शनिबार विराटनगर महानगरपालिका वडा नं. ९ मा पार्किङ गरेर राखेको को २० प ५०१० नम्बरको टि.भि.एस. कम्पनीको मोटरसाइकल चोरेका थिए।
दुवैलाई चोरीको मोटरसाइकल सहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका दुवैलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

