एजेन्सी – पूर्व म्यानचेस्टर युनाइटेड मिडफिल्डर ओवेन हर्ग्रीभ्सका अनुसार एनफिल्डमा खेल्न म्यानचेस्टर युनाइटेडका सबै डराइरहेका छन्। लिभरपुल र युनाइटेड आमने-सामने हुनु अगाडी एक मिडियासँग कुराकानी गर्नेक्रममा हर्ग्रीभ्सले एनफिल्डमा खेल्न युनाइटेड डराइरहेको बताएका हुन्।
लिभरपुल उत्कृष्ट फर्ममा रहेका कारण सबै डराइरहेको हर्ग्रीभ्सले बताए। लिभरपुलसँग युरोपका धेरै क्लबहरु डराउनुपर्ने अवस्था रहेको र युनाइटेड पनि डराइरहेको हर्ग्रीभ्सको भनाई छ।
“सबैजना लिभरपुल खेल्न डराइरहेका छन्। लिभरपुलसँग म्यानचेस्टर सिटीलाई त हम्मे-हम्मे पर्यो। हामीले देखेका उत्कृष्ट टोली मध्ये एक रहेर पनि सिटीलाई गार्हो पर्यो।”,हर्ग्रीभ्सले भने।
लिभरपुलका सबै खेलाडीहरु प्रतिष्पर्धा गर्ने र हारेको अवस्थामा पनि नडराउने हर्ग्रीभ्सले बताए। हार्दा पनि लिभरपुल कम्जोर नखेल्ने उनको भनाई छ। लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेल्न डराउनुपर्ने अवस्था रहेको हर्ग्रीभ्स मान्छन्।
उनी भन्छन्,”सबैले प्रतिस्पर्धा गर्छन्। रणनीतिहरूले पनि लिभरपुलले कडा टक्कर दिरहेको हुन्छ। उनीहरु कहिल्यै हार मान्दैनन्। हार्दा पनि खराब खेल्दैनन्। म्यान युनाइटेड एनफिल्ड खेल्न डराउनुपर्ने अवस्था छ।”
प्रिमियर लिगमा आज लिभरपुलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। उपाधि होडमा रहेको लिभरपुलले शिर्ष चारको दौडमा रहेको युनाइटेडको आज राति सामना गर्न लागेको हो। लिभरपुल र युनाइटेड बीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।
दुवै टोलीका लागि आज हुने खेल महत्वपूर्ण हुनेछ। युनाइटेडसँग हारेको अवस्था अथवा बराबरी खेलेको अवस्थामा उपाधि होडमा लिभरपुललाई झड्का लाग्नेछ। त्यस्तै युनाइटेड पनि जित निकाल्ने पर्ने दबावमा हुनेछ।

