रेलिगेसन जोनको क्लबको रक्षापङ्ति बार्सिलोनाले तोड्न सकेन, घरेलु मैदानमै हार!

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको क्याडिजसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो ।

बार्सिलोनालाई स्तब्ध पार्न क्याडिजका लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नोउ क्याम्पमा सोमबार राति भएको खेलमा बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेपनि बार्सिलोनाले क्याडिजको रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

बार्सिलोनाले लगातार दोस्रो हार बेहोर्दा ला लिगामा सातौ खेलपछि जित यात्रामा पुर्णविराम लागेको छ । बार्सिलोनाले ला लिगामा स्पान्योलसँग २–२ गोलको बराबरीपछि सात खेलसम्म लगातार जित निकालेको थियो ।

यो हारले बार्सिलोनाको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । एक खेल कम खेलेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ । बार्सिलोना ३१ खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । समान ६० अंक नै रहेपनि सेभिया र एट्लेटिको म्याड्रिड तेस्रो र चौथो स्थानमा रहेको छ ।

शीर्षस्थानको रियलको ७५ अंक छ । बार्सिलोनालाई हराएको क्याडिजले रेलिगेसन जोन छाडेको छ । क्याडिज३२ खेलबाट ३१ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९०९:१८

लिभरपुल चार उपाधिको सँघारमा, टोलीको तनाव झनै बढ्यो !