सत्ता गठबन्धन: पोखरामा अड्कियो तालमेल !

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो ।  यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ । भरतपुरको मेयर माओवादी केन्द्र र वीरगन्जको मेयर जनता समाजवादी पार्टीले लिने सहमति भइसकेको छ ।

– पाँच महानगरमा भागबन्डा

– पोखरामा कांग्रेस र नेकपा एसको अडान

पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी छ । सो महानगरमा सहमति नजुट्दा अन्य सहमति भएका महानगरको विषयलाई समेत सार्वजनिक गरिएको छैन ।

‘६ वटा महानगर र ११ उपमहानगरमा तालमेल’bout दिनभर छलफल भयो, पोखरामा कुरा नमिल्दा सहमति भएन, मंगलबार बिहानसम्म सबै महानगर र उपमहानगरमा तालमेल’bout ठोस सहमति हुन्छ,’ कांग्रेस उच्च स्रोतले राजधानीसँग भन्यो ।

कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तालमेल’bout सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरे ।

‘चुनावी तालमेलबारे’ गम्भीरतापूर्वक छलफल गरेका छौं धेरै ठाउँमा भागबन्डा’bout सहमतिनजिक पुगिएको छ, त्यसलाई अन्तिम रूप दिन मंगलबार साढे ११ बजे पुनः बैठक बोलाइएको छ,’ मन्त्री कार्कीले भने ।

उनका अनुसार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थिति’bout बैठकमा व्यापक छलफल भएको छ ।

पाँच महानगरमा मेयर उपमेयर कसलाई ?

स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा मेयर उपमेयर दुवै कांग्रेसले लिने सहमति बनेको छ ।

यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने र उपमेयर जसपालाई दिने सहमति गठबन्धनमा बनेको दाबी गरिएको छ । यस्तै, भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निले गरी सहमति गरिएको दाबी गरिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९०९:२३

चुनाव पछि फेरी वामएकता गर्ने प्रचण्डको घोषणा !