चुनाव पछि फेरी वामएकता गर्ने प्रचण्डको घोषणा !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि वामपन्थी एकता हुन सक्ने बताएका छन्। बिहिबार कैलालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले पुनः एकपटक वामएकता हुन सक्ने बताएका हुन्।

कैलालीमा आयोजित पार्टीको आमसभालाई सम्बोधनको क्रममा प्रचण्डले आगामी निर्वाचनमा एमालेलाई परास्त गर्न सके पुनः वामएकता हुन सक्ने बताए। एमालेलाई परास्त परेपछि आफ्नो नेतृत्वमा वामएकता हुने प्रचण्डको भनाई छ।

“यो प्रवृत्तिलाई यसपटक पूरै पराजित गर्नुपर्छ। मलाई के लाग्छ भने, अहिले परास्त गरेपछि फेरि वाम एकता हुनसक्छ। फेरि कम्युनिस्ट एकता हुन्छ। त्यो एकता माओवादीको नेतृत्वमा हुन्छ। प्रचण्डको नेतृत्वमा हुन्छ र मात्रै त्यो टिक्छ।”,प्रचण्डले भने।

सबै प्रदेशको सरकार ढलेपछि, पार्टी फुटेपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारमा कमि नआएको प्रचण्डले बताए। उनले भने,” सबै प्रदेशको सरकार ढल्यो, पार्टी फुट्यो । तर अहंकार छँदैछ।”

प्रचण्डले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको समेत बताए। पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता तथा अस्मिताको रक्षा गर्दै प्रतिगमनलाई परास्त गर्न पाँच दलको गठबन्धन गरिएको स्पष्ट पारे। निर्वाचनको मुखमा गठबन्धन टुट्छ र फेरि प्रतिगमनमा जान पाइन्छ भन्ने षड्यन्त्र भएको उनले बताए।

“हिजो साँझसम्म गठबन्धन टुटाउन षड्यन्त्र भएको थियो”, प्रचण्डले भने,”छ वटै महानगर र ११ वटै उपमहानगरपालिकामा सर्वसम्मत ढङ्गले तालमेल गर्ने निर्णय हुँदा प्रतिगमनकारी विक्षिप्त भएका छन् । मनस्थिति खलबल लिएको छ ।”

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१८:२६

रेखा थापा भन्छिन् – ‘राप्रपालाई जिताउनुस्, जितेपछि काम नगरे म कारबाही गर्छु’