भर्जिल भान डाइकले च्याम्पियन्स लिगको सेमिफाइनलमा भिल्लारियल लिभरपुलका लागि कठिन चुनौती हुने विश्वास व्यक्त गरेका छन्। बायर्न म्युनिखलाई अन्तिम आठमा स्तब्ध पारेको भिल्लारियलले अप्रिल २७ र मे ३ मा लिभरपुलसँग भेट्दा फेरि एकपटक स्तब्ध बानाउँदै फाइनलमा पुग्ने दाउमा रहेको छ।

“यो धेरै गाह्रो प्रतिद्वन्द्वी हुनेछ,” भान डाइकले भने, “मिडफिल्ड महत्वपूर्ण हुनेछ, किनकि [डानी] पारेजो धेरै राम्रो छन्। स्पष्ट रूपमा [इटिएन] क्यापोले धेरै राम्रो काम गरिरहेका छन् र अहिले [अरनौट] डन्जुमा, जसलाई म राष्ट्रिय टोलीबाट चिन्छु, धेरै राम्रो गरिरहेका छन्। तिनीहरूसँग अन्य धेरै राम्रा खेलाडीहरू पनि छन्, जस्तै पाउ टोरेस जो एक उत्कृष्ट खेलाडी हुन्।”

“हामी तयार हुनुपर्दछ र जब समय उपयुक्त हुन्छ हामी उनीहरूमा ध्यान केन्द्रित गर्नेछौं। यो धेरै गाह्रो हुन गइरहेको छ। उनीहरूले युभेन्टसलाई हराए, उनीहरूले बायर्नलाई हराए र उनीहरूले हामीलाई हराउन सक्छन् भन्ने विश्वास गर्नुपर्छ। हामी हाम्रो सबै दिन्छौं,” उनले थपे।
लिभरपुलको चार उपाधि जित्ने सपना
यदि लिभरपुलले भिल्लारियललाई हराउछ भने, एफए कपको फाइनलमा पुग्नको लागि सप्ताहन्तमा म्यानचेस्टर सिटीमाथि विजयी भएको मर्सीसाइड क्लब एक सिजनमा सम्भव हुने हरेक खेलमा प्रतिस्पर्धा गर्ने पहिलो इङ्लिस टोली बन्नेछ। भान डाइकले आफ्नो कोच जर्गेन क्लोपका शब्दहरू दोहोर्याएर चार उपाधि लगभग असम्भव रहेको बताएका छन्।

“कोही पनि सपना देख्न सक्छ, तर हामीले यस बारे कुरा गरेनौं किनभने हामीले खेलमा ध्यान केन्द्रित गरेका छौं,” भ्यान डाइकले थपे, “हामीले पाइला पाइलामा जाऔं। हामीले [एफए कपको] सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई हरायौं र हामी सही समय आएपछि फाइनलमा केन्द्रित हुनेछौं, र च्याम्पियन्स लिगको सेमिफाइनलमा भिल्लारियलका लागि पनि त्यस्तै हुनेछ।”

